काठमाडौं,
असार २३ ।
पछिल्लो समय केही कमि देखिएको कोरोना संक्रमण फेरि बढन थालेका छ । बुधबार थप दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार एक हजार ७१८ जनामा कोरोना पुष्टि भएकोमा बुधबार बढेर दुई हजार ९७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सात हजार ८३५ जना पिअिसार परीक्षण गर्दा दुई हजार ७७ र चार हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा बुधबार ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार थप एक हजार ३३३ जना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना संक्रमण मुक्त भएका छन् ।
थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारणे ज्यान गुमाउनेको संख्या नौ हजार २९१ पुगेको छ । यसअघि मंगलबार १५ जनाको मृत्यु भएको थियो ।






