काठमाडौं,
असार २३ ।
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले चलचित्रकर्मी हितका लागि चलचित्र विकास बोर्डको संरक्षकत्वमा पेशागत संघ-संस्थाद्वारा सञ्चालनका लागि स्थापित विपत्त व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । फाउण्डेसनकी अध्यक्ष बसुन्धरा भुसालले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
भुसालको अध्यक्षतामा बसेको बैठकले एक लाख दुई हजार रुपैयाँ सिन्धु सहायता कोषलाई र एकाउन्न हजार रुपैयाँ चलचित्रकर्मी बिपद व्यबस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरेको थियो ।
चलचित्रकर्मी बिपद व्यवस्थापन कोषलाई क्रियाशिल बनाउनु पर्ने पहिलो कर्तव्य र दायित्व सम्झेर यसअघि नै नेपाल चलचित्र कलाकार संघले ५५ हजार रुपैयाँ प्रदान गरिसकेको छ । कलाकार संघको केन्द्रले ३० हजार तथा कलाकार संघ बेलायतले २५ हजार गरी उक्त रकम प्रदान गरेको छ ।
यसैबीच कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले फाउन्डेसनका सहयोगी मनहरू भुवन चन्द, चैत्यदेवि सिंह, बसुन्धरा भुसाल, माइकल चन्द, चेतनारायण भुसाल , मोहन निरौलालगायत सम्पूर्ण फाउन्डेसन परिवारमा हार्दिक आभार प्रकट गर्दै देश तथा बिदेशमा रहेका चलचित्रकर्मी, दाता संघ-संस्थालाई बिपत्त ब्यवस्थापन कोषमा सहयोगका लागि हार्दिक अपिल गर्नुभएको छ ।






