अभिनेता दिलीप कुमारको निधन

काठमाडौं,
असार २३ ।

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको बुधबार बिहान निधन भएको छ । ९८ वर्षे अभिनेता लामो समयदेखि अस्वस्थ दिए । बलिउडको ‘ट्राजेडी किङ’का रुपमा परिचित अभिनेताले बुधबार बिहान ७ बजेर ३० मिनेट जाँदा हिन्दुजा अस्पतालमा अन्तिम श्वास फेर्नुभयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । दिलीप कुमारको अफिसियल ट्वीटर हेण्डलबाट उहाँको निधनको जानकारी दिइएको हो ।

दिलीपको उपचारमा संलग्न अस्प्तालका डाक्टर पार्करले उहाँको निधनको पुष्टि गर्नुभएको छ । दिलीप कुमारको पारिवारिक मित्र फैजल फारुखीले पनि अभिनेताको ट्वीटरबाट उहाँको निधनको जानकारी दिनुभएको छ । ‘धेरै गह्रौं मनले यो कुरा भनिरहनु परेको छ कि अब दिलीप साब हामीमाझ रहनुभएन’, उहाँले ट्वीट गर्नुभएको छ ।

दिलीप कुमारले आफ्नो पाँच दशकको करियरमा ६० बढी फिल्ममा अभिनय गर्नुभयो । सन् १९२२ डिसेम्बर ११ मा ब्रिटिस इण्डियाको पेशावरमा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्म युसुफ खान थियो ।

अभिनेता राज कपूर उहाँको बाल्यकालकै साथी हुनुहुन्थ्यो । उहाँमार्फत नै दिलीप कुमारले बलिउडको यात्रा सुरु गर्नुभएको थियो । उहाँले सन् १९६६ मा सायरा बानोसँग विवाह गर्नुभएको थियो । जो आफैंमा एक अभिनेत्री हुनुहुन्थ्यो ।

सायरा दिलीपभन्दा २२ वर्षका कान्छी हुनुहुन्थ्यो । दिलीप कुमारले ‘ज्वार भाटा’, ‘अन्दाज’, ‘आन’, ‘देवदास’, ‘आजाद’, ‘मुगल-ए-आजम’, ‘गंगा जमुना’, ‘क्रान्ति’, ‘कर्मा’ र ‘सौदागर’ लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार