काठमाडौं,
असार २३ ।
शरद कुमारी श्रेष्ठको स्वरमा रहेको तीज गीत ‘तीज आयो बरी लै माइती’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शरद कुमारीको शब्द र लय तथा विषन मानन्धरको एरेञ्ज छ ।
गीतमा नेपाली नारीहरूले भोगेको पीडा र मर्म तथा विभिन्न कारणबाट माइत जान नपाएकी चेलीको वेदनालाई समेटिएको छ ।
विजयकुमार भुर्तेलको छायांकन तथा सम्पादन र राजेन्द्र बिसीको कोरियोग्राफी तथा राजु श्रेष्ठको निर्देशन भिडियोमा छ । भिडियोमा आरोही चौलागाई फिचर्ड हुनुहुन्छ ।






