कविता : आमा, आज र वर्तमान

✍️ नवीन मनोहर
रामेछाप, मन्थली
असार २३ ।

म आउने बाटो हेरिरहेकी छिन्
मेरी आमा
आज आमालाई पर्खिरहेको वर्तमान
र वर्तमानले यतिखेर
आमा र आज हामी दुवैलाई
चिर सुखको कामनाका साथ
असीम यादहरू लिएर
पर्खिरहेको छ
अनन्त सम्झानाहरू बोकेर
कुरिरहेको छ,

यादमा रमाउनु
र पर्खाइमा प्रशन्न हुनु
यी दुवै सगोत्रीहुन्
जीवन भरिका मेरा
यादहरूका चाङ
पर्वतझैँ भैसके
जिन्दगी भरिलाई मेरा
रहरहरू
समुद्रमझैँ जमिरहे,

तैपनि म हाँस्न चाहन्छु
र पनि म उठ्न चाहन्छु
किनकिआजै हो
मेरो मुहार हेरेर
मेरी आमाको मुहारमा कान्ति छाएको
मेरी आमाको सुन्दरतामा लालिमा उदाएको ।।।

यसमा तपाइको मत

अन्य समाचार