कविता : बालक

✍️ नवीन मनोहर
रामेछाप, मन्थली
असार २२ ।

हाँस्दा सत प्रतिशत हाँस्ने
दुनियाँको एक मात्र सृष्टि
बालक हो
व्यवहारमा
बोलीमा
रिसमा
या वेगमा
या रहरमा
बालक सम्पूर्ण मानव हुन्छ
जब जब
ऊ बढ्दै
र बुझ्दै जान्छ
अनि सम्पूर्ण मानवबाट
आधा र अंश मानवमा परिणत हुन्छ,

आज पनि म बालकबन्न चाहन्छु
बोलेर सत्य यो संसारका
सबैसबै कलुषित कार्यहरू
बेधढक दुनियाँलाई
सुनाउन चाहन्छु,

कोही छ त
मेरो हातमा हात मिलाउने ?
तालमा ताल मिलाउने ??

यसमा तपाइको मत

अन्य समाचार