काठमाडौं,
असार १८ ।
नेपाल चलचित्र कलाकार संघले निर्माण गरिरहेको आफ्नो भावनका बारेमा चलचित्र विकास बोडलाई जानकारी गराएको छ । संघले बिहिबार भवन निर्माणको प्रगतिका बारेमा बोर्डलाई जानकारी गराएको हो ।
कलाकार संघले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१३, थानेटारमा संघकै स्वामित्वमा रहेको जमिनमा नेपाल सरकारको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा बिनियोजन भएको रकम पचास लाख रुपैयाँको लागतमा भवन निर्माण गरिरहेको छ ।
‘कोभिड माहामारिको दोस्रो भेरियन्टले निम्त्याएको विकराल स्थिती, सरकारले जारी गरेको निषेधाज्ञा लगायतका कारणले केही समय भवन निर्माण कार्यमा बिलम्ब भएतापनि अहिले निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘यसै सिलसिलामा असार १७ गते चलचित्र विकाश बोर्डमा संघको भवन निर्माणमा भएको प्रगति बारे जानकारी सहितको बिवरण पेस गरिएको छ ।’






