कविता : अपुग

नवीन मनोहर
रामेछाप, मन्थली,
असार १५ ।

पुग्दैन
कसैलाई पनि
पुग्दैन
धनले
मानले
यशले
कीर्तिले
प्रतापले,

सँधै अपुग हुन्छ
मानिसका लागि
सत्ता
भत्ता
र प्रमत्ता,

खोजी गर्छन् सबैसबै
यही हराएका चिजहरू
नियाल्छन् सबै-सबै
यिनै बिर्सिएका सन्दर्भहरू
कुराहरू र कुम्ला कुटुराहरू,

दीगो छैन
यो संसार
घुमिरहन्छ
कुमालेको चक्रर्झैँ
फन्फनी
त्यसैले त अपुग छ भरिनेलाई पनि
त्यसैले त अपुग छ रित्तोलाई पनि ।।

यसमा तपाइको मत

अन्य समाचार