राष्ट्रिय कविता महोत्सवमा ‘देशको नक्सा’ प्रथम

काठमाडौं,
असार ९ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ नामक कविता प्रथम भएको छ । बुधबार भर्चुअल माध्यामबाट आयोजना गरिएको कविता वाचनपछि नतिजा सार्वजनिक गरिएको हो ।

यसअघि देशभरबाट प्राप्त कवितालाई छनौट गरी ४१ जनाबीच वाचन गराइएको थियो ।

प्रज्ञा प्रतिष्ठानका अनुसार धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि बसन्त आउँछ’शीर्षकको कविता दोस्रो भएको छ ।

यस्तै ताप्लेजुङकी सबिता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जनकुमारी चन्दको युगीन प्रतिध्वनि र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकको कविता तृतीय भएको प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार