धरान,
असार ७ ।
विश्व सङ्गीत दिवसको अवसर पारेर धरानका गायक रोहित मास्केले नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ सार्वजनिक गर्नुभएको छ । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियो गीतमा गायक मास्केकै शब्द र सङ्गीत छ ।
जेम्स प्रधानको सङ्गीत संयोजन तथा मिक्सिङ रहेको गीत धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको हो । धरानका पुराना गायक रोहित लामो समयको विदेश बसाईपछि पाँच वर्ष यता धरानैमा व्यवसायसँगै सङ्गीतमा सक्रिय हुनुहुन्छ ।
एक वर्ष अघि कोभिड महामारीमा केही गीतहरू सार्वजनिक गर्नुभएका गायक मास्केले एक वर्ष पछि नयाँ गीत सार्वजनिक गर्नुभएको हो ।






