‘अँधेरीमा थिएँ म…’ भन्दै डब्बु (भिडियोसहित)

काठमाडौं,
असार ३ ।

गीतकार तथा पत्रकार डब्बु क्षत्रीको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ गजल (गीत) ‘अँधेरीमा थिएँ म…’ को भिडियोसहित सार्वजनिक गरिएको हो ।

सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोइरालाले साथ दिनु भएको छ । गीतमा सङ्गीत र सङ्गीत संयोजन पनि सुवर्ण कुमारकै छ । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियो निर्देशन डब्बु क्षत्रीले नै गर्नुभएको हो । भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरसहितको अभिनय छ । यो भिडियोको छायांकार रामशरण उप्रेती, सम्पादक सुरेशकुमार राउत रहनु भएको छ । यसमा दिलमायाँ मगरको ड्रेस डिजाइन, दीपक लामगाडेको सेट डिजाइन, श्याम बरालको शृङ्गार छ ।

यसमा तपाइको मत

अन्य समाचार