गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ ३० ।

गायक तथा सङ्गीतकार हरि लम्सालको नयाँ गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ । कपिल अन्जानको शब्द र हरिकै स्वर र सङगीत रहेको गजलको भिडियो सार्वजनिक भएको हो ।

देश प्रेम र स्वाभिमानी नेपालीको भावना उजागर गरिएको गजलको भिडियोमा शंकर पराजुली र आस्था बस्नेत फिचर्ड हुनुहुन्छ ।

टुवेल नोट्सको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा शक्ति पाख्रिनको निर्देशन, मिलन एक्स तामाङको छायांकन र अन्जल शर्माको सम्पादन छ । भिडियोका निर्माता केशव भट्टराई र निरज अर्याल हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार