थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण, ६ हजार ९५१ संक्रमणमुक्त, ९२ को मृत्यु

काठमाडौं,
जेठ २४ ।

सोमबार थप चार हजार ४७२ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र पाँच हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत तीन हजार ३७० जना र एन्टीजेटमार्फत एक हजार १०२ जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थप ६ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या चार लाख ९७ हजार ९६० पुगेको छ । निको हुने दर ८४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय सक्रिय संक्रमितको संख्या ७८,३६४ रहेको छ । कुल संक्रमितमध्ये ३९ प्रतिशत महिला छन् । सोमवार संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौ जिल्लाका छन् । काठमाडौंमा ७९० जनासहित भक्तपुरका १३५ जना र ललितपुरका १९० जना गरी उपत्यकामा थप एक हजार ११५ जना संक्रमित थपिएका छन् ।

नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय संक्रमित छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय संत्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सात हजार १८० जना संस्थागत आइसोलेशनमा छन् ।

देशभर पछिल्लो समय एक हजार ८३१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । एक हजार ४३४ आइसीयू र ३९७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार ९२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सात हजार ९९० जना पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार