‘भाग्य लेख्ने मसी…’ भन्दै शान्तिराम (भिडियोसहित)

काठमाडौं,
जेठ २३ ।

शान्तिराम भट्टराईको शब्द रचनामा रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । जसमा शक्ति बल्लभको सङ्गीत रहेको छ भने मनोहर सुनामको सङ्गीत संयोजन छ । भाग्य लेख्ने मसी’मा गायिका प्राश्ना शाक्यको स्वर रहेको छ । यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गर्नुभएको छ ।

भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । सुरेश पन्तको छायाँकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्युजिक खबरको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार