काठमाडौं,
जेठ २३ ।
बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’मार्फत ‘ईकु’लाई सानोपर्दामा देख्न पाउने भएका हुन् ।
‘इकु’को भुमिका निर्वाह गरेर चर्चित हुनुभएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाउनुभएको हो । श्रृखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उहाँ आफैँ देखिनुहुने छ ।
श्रृंखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ । योगेश उपाध्यायको सङ्गीत र बिनय कार्कीको गीत श्रृंखलामा समेटिएको छ ।
https://youtu.be/H20r5ZJJaTs
हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृंखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्ला रमाइलो’मा अहिले भने ‘इकु’को कथा सकिएको छ ।
ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रोसाताबाट प्रसारण हुनेछ । ‘मेरी बास्सै’पछि सुलेमानले ‘इकु’लाई फिल्ममा प्रस्तुत गर्दासमेत दर्शकले मनपाराएका थिए ।
राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको श्रृंखला असार दोस्रो साताबाट प्रसारणमा आउँने सुलेमानले जानकारी गराउनुभयो । श्रृंखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ ।






