काठमाडौं,
जेठ २२ ।
रवीको स्वरमा राजनीतिक अवस्थालाई व्यङ्ग्य गरिएको गीत सार्वजनिक भएको छ । देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, महङ्गी, राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै रवी रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा रवीलाई आयुस प्रतीक अधिकारीले साथ दिनुभएको छ । गायक रिमालकै शब्द, सङ्गीत, सङ्गीत संयोजन र मिक्सिङ मास्टरिङ रहेको छ । सधैंजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक स्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रवी रिमालले यसपाली केही फरक प्रस्तुतिसहित देखा पर्नुभएको छ ।
गीतमा रोग, भोक अनि शोकमा डुबेका नेपालीमा समर्पित जनताको रगत चुसेर ढाडिएका जुका रुपी नेताप्रति लछित रहेको र सम्पुर्ण नेपालीहरूको सामुहिक आवाज रहेको गायक रिमालले बताउनुभयो । सुमनकुमार श्रेष्ठको छांयाकन रहेको भिडियोमा फराज अर्पनको सम्पादन छ । भिडियोलाई डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=Atje23A6Poc&ab_channel=D-Series






