काठमाडौं,
जेठ २१ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालको मौसममा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ ।
महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया मौसम सफा रहने जनाएको छ । पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखले उल्लेख गरेको छ ।
यसैगरी महाशाखाले आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ । त्यस्तै प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
पहाडी भूभागका एक-दुइ स्थानमा स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अनुरोध गरेको छ ।






