थप ६ हजार ८२५ संक्रमित, ५ हजार ९०४ संक्रमणमुक्त, ७५ जनाको मृत्यु

काठमाडौं,
जेठ २० ।

बिहीबार थप ६ हजार ८२५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र तीन हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत पाँच हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जनमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय देशभर एक लाख एक हजार ८३९ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार काठमाडौं उपत्यकामा दुई हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै बिहीबार इलाममा १०, उदयपुरमा ८, ओखलढुंगा ७ खोटाङमा १७, झापामा १०१, ताप्लेजुङमा १, तेह्रथुम ४, धनकुटामा ४, पाँचथर ७१, भोजपुरमा १, मोरङमा ११६, संखुवासभामा ७, सोलुखुम्बु २, सुनसरी २१०, धनुषामा १०१, पर्सामा ११, बारामा ७९, महोत्तरीमा ४०, रौतहटमा १४, सप्तरीमा ४०, सर्लाहीमा ४ र सिरहामा ५९, काभ्रेमा २०५, चितवनमा १७७, दोलखामा २४, धादिङमा १०१, नुवाकोटमा ७३, मकवानपुरमा १३, रामेछापमा ४२, सिन्धुपाल्चोकमा १४८ र सिन्धुली ४६, कास्कीमा २६६, गोरखामा ३७, तनहुँमा ८२, नवलपरासी पूर्वमा ७७१, पर्वत १३, म्याग्दी १६, लमजुङमा ११०, बागलुङमा १ र स्याङजामा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अर्घाखाँचीमा ८, कपिलवस्तुमा १६, गुल्मीमा ५३, दाङमा ६५, नवलपरासीमा ३२, पाल्पामा ९, प्यूठानमा ३, बर्दियाका १०, बाँकेमा १८, रुपन्देहीमा १३८, रोल्पामा ५, कालिकोटमा १, जाजरकोटमा २६, जुम्ला ५, डोल्पा १, दैलेखमा १५, रुकुम पश्चिममा २२, सल्यानमा १३, हुम्लामा १ र सुर्खेतमा ६५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४६, कञ्चनपुरमा १८, कैलालीमा ५२, डडेल्धुरामा ६, डोटी २८, दार्चुला १, बझाङ १ र बैतडीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै थप पाँच हजार ९०४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समयसम्म चार लाख ६७ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् ।

देशभर बिहीबारसम्म एक हजार ८४२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचाररत छन् । एक हजार ४४४ आइसीयू र ३९८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार एक हजार ८३१ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।

बिहीबार थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै पछिल्लो समयसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या सात हजार ६३० पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार