जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं,
जेठ १९ ।

उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले केही क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको बताउनुभयो । खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ ।

निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । मजदुरहरुलाई निर्माण क्षेत्रभित्रै राखेर निर्माणको काम सुचालु गर्न खुला गरिएको छ ।

सार्वजनिक सवारी भने अझै केही सयम नखुल्ने भएका छन् । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

 

यसमा तपाइको मत

अन्य समाचार