काठमाडौं,
जेठ १७ ।
सोमबार थप चार हजार ७६२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र दुई हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत चार हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जनमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या पाँच लाख ६१ हजार ३०२ पुगेको छ । पछिल्लो समय देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित छन् ।
यस्तै सोमबार थप ६ हजार ४९१ जना संक्रमण मुक्त भएका छन् । योसँगै चार लाख ४७ हजार ४४६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
सोमबार संक्रमण पुष्टि हुनेमा इलाममा ६, उदयपुरमा ८, ओखलढुंगामा १३, खोटाङमा २७, झापामा १८५, ताप्लेजुङमा २६, धनकुटामा १७, पाँचथरमा १, भोजपुरमा ४, मोरङमा २५२, संखुवासभामा ५, सुनसरीमा १६४, सोलुखुम्बुमा १, धनुषामा ११७, पर्सा १८, बारामा २९, महोत्तरीमा ३४, रौतहटमा १७, सप्तरीमा ४७, सर्लाहीमा ४०, सिरहामा ११, काठमाडौंमा ८९०, काभ्रेपलाञ्चोकमा ११३, चितवनमा १२६, दोलखामा १९, धादिङमा २२०, नुवाकोटमा ६२, भक्तपुरमा १२१, मकवानपुरमा १४१, रसुवामा १२, रामेछापमा १३, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा ९४, सिन्धुलीमा १६, कास्कीमा १२९, गोरखामा ५३, तनहुँमा ३२, नवलपरासी पूर्वमा २७, पर्वतमा २०, म्याग्दीमा १०, लमजुङमा १९, बागलुङमा २ र स्याङजामा ९ जनामा छन् ।
यस्तै अर्घाखाँचीमा ६, कपिलवस्तुमा ६, गुल्मीमा ५, दाङमा ७५, नवलपरासीमा ११, पाल्पामा ४१, प्युठानमा ३, बर्दियामा ६, बाँकेमा १२, रुपन्देहीमा १२०, रोल्पामा ७, कालिकोटमा ५, जुम्लामा १३, रुकुम पश्चिमा ४, सल्यानमा ४५, सुर्खेतमा २५, अछाममा ५२, कञ्चनपुरमा ५४, कैलालीमा १९५, डडेल्धुरामा ११, डोटीमा १, दार्चुलामा ७४ र बैतडीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोमबार थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या सात हजार ३८६ पुगेको मन्त्रालयले जनाएको छ ।






