थप ८ हजार १७३ जनामा कोरोना संक्रमण, ७ हजार ९८९ संक्रमणमुक्त र २४६ को मृत्यु

काठमाडौं,
जेठ ५ ।

बुधबार थप आठ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा आठ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ७१३ रहेको छ ।

यस्तै थप सात हजार ९८९ जना संक्रमण मुक्त भएका छन् । योसँगै तीन लाख ६० हजार ४१३ जना संक्रमण मुक्त भएका छन् । संक्रमित हुने संख्या स्थिर देखिएपनि पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा २ हजार ४८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये झत्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको संक्रमण बाट थप २४६को मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार ६५७ पुगेको छ । मंगलबार आठ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९६ को मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार