प्रधानमन्त्री ओलीले आज संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिंदै

काठमाडौं,
वैशाख २७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली राजनीतिमा देखिएको पछिल्लो उतारचढावकाबीच प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिन लाग्नुभएको हो । ओलीले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दै छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ । यद्यपि, नेपाल-खनाल पक्षका सांसदहरुले राजीनामा दिए वा फ्लोरक्रस गरेमा यो संख्या घट्ने निश्चित छ । प्रमुख प्रतिपक्षी कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १/१ सांसद छन् ।

कांग्रेस र जनता समाजवादी पार्टीका २-२ सांसद निलम्बित छन् । माओवादी केन्द्रको ५४ सांसद रहेकोमा पार्टी छाडेका ४ जना पदमुक्त भएपछि ४९ जना मात्र हुन् । यता, एमालेले प्रतिनिधिसभामा आज हुने मतदानमा ओलीलाई प्रस्तावको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ । प्रधानमन्त्रीको पदमा कायम रहन ओलीले १ सय ३६ जना सांसदहरुको समर्थन लिनुपर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार