काठमाडौं,
वैशाख २५ ।
अभिनेत्रीद्वय पूजा शर्मा र आँचल शर्मासँग अभिनेता आकाश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतको भिडियोमा पूजा र आँचलसँग अभिनेता आकाश रोमान्टिक बनेका हुन् । भिडियोमा गायक रोशन पनि फिचर्ड छन् ।
दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियोमा विधान कार्कीको निर्देशन, सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।






