काठमाडौं,
वैशाख २३ ।
गुल्मी एफ. एममा कार्यरत सञ्चारकर्मी हुकुम थापा र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘ज्यान जाला…’ लोकदोहोरी शैलीको गीत सार्वजनिक भएको छ । नेत्र नारायण अर्यालको शब्द तथा सङ्गीत र महेन्द्र भण्डारीको सङ्गीत संयोजन एवम् खड्ग बाजुरालीको ध्वनि सम्पादन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेममा प्रेमी र प्रेमिकाको समर्पण भाव प्रस्तुत गरिएको गीतको भिडियो निर्देशन स्मृति तिमिल्सिना, छायाँकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाको छ । लोमश शर्मा, आयुष्मा कार्की र अर्जुन कुवँरको अभिनय रहेको सो भिडियोलाई नयाँपाइला युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






