काठमाडौं,
वैशाख २३ ।
मिस युनिभर्स नेपाल, २०२० की विजेता अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुन् संयुक्त राज्य अमेरिका पुग्नुभएको छ । आउँदो मे १६ मा फ्लोरिडा स्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन् अंशिकासँगै मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुग्नुभएको हो ।
विश्वका ७४ देशका सुन्दरीहरू मार्फत छानिने २१ ले पहिलो बन्नको लागि मिस युनिभर्समा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।
विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाउनु भएको थियो । यस्तै उहाँले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलन मार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा गर्न नसकेको बताइउनुभयो । उहाँले अंशिकाको सहभागिता सम्बन्धि बढी जानकारी सामाजिक सञ्जालबाट गराउने पनि बताउनुभयो ।
अंशिका पनि देशलाई प्रतिनिधित्व गर्न पाउँदा उत्साहित हुनुहुन्छ । उहाँले आफूसँगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाउनुभयो । अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारका माध्यममार्फत सार्वजनिक गर्ने बताउनुभयो । उक्त प्रतियोगितामा सहभागिता जनाईसक्नुभएकी नग्माको अनुभवले पनि उहाँलाई तयारीमा सहयोग गरेको छ ।






