काठमाडौं,
वैशाख २२ ।
बुधबार थप आठ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । हाल कूल सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६१ हजार ५८८ जना होम आइसोलेसनमा छन् भने चार हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन् ।
देशभर पछिल्लो समय सात सय बढी कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । ६०० आइसियु र १५६ जना भेन्टिलेटरमा गरी ७५६ जना बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
बुधबार थप ५८ जनाको मृत्यु भएको छ । एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो ।
बुधबार इलाममा ११, उदयपुरमा सात, ओखलढुंगामा ६, खोटाङमा ६, झापामा २६९, ताप्लेजुङमा दुई, तेह्रथुममा दुई, धनकुटामा २०, पाँचथरमा एक, भोजपुरमा पाँच, मोरङमा २०६, संखुवासभामा नौ, सुनसरीमा १०७, सोलुखुम्बुमा सात, धनुषामा १४७, पर्सा १५२, बारामा ४६, महोत्तरीमा ५५, रौतहटमा २८, सप्तरीमा १६, सर्लाहीमा २१, सिरहामा ३३, काठमाडौंमा मात्र दुई हजार ८४९, काभ्रेपलाञ्चोकमा ९६, चितवनमा २१३, दोलखामा १२, धादिङमा ५४, नुवाकोटमा ११२, भक्तपुरमा ४५८, मकवानपुरमा १०५, रसुवामा १९, रामेछापमा १३, ललितपुरमा ५१८, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ५५, कास्कीमा २८४, गोरखामा २८, तनहुँमा ६३, नवलपरासी पूर्वमा ३९, पर्वतमा १८, मुस्ताङमा दुई, म्याग्दीमा ३०, लमजुङमा १०, बागलुङमा आठ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै अर्घाखाँचीमा ३८, कपिलवस्तुमा २४, गुल्मीमा १९, दाङमा २६३, नवलपरासीमा ४४, पाल्पामा ११५, प्युठानमा चार, बर्दियामा ४७, बाँकेमा ५९१, रुकुम पूर्वमा दुई, रुपन्देहीमा ६८०, रोल्पामा तीन, कालिकोटमा दुई, जाजरकोटमा एक, जुम्लामा ६, दैलेखमा ३४, रुकुम पश्चिममा एक, सल्यानमा चार, सुर्खेतमा १५४, अछाममा २३, कञ्चनपुरमा १४०, कैलालीमा १४५, डडेल्धुरामा १०, डोटीमा ४०, बझाङमा तीन र बैतडीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






