काठमाडौं,
वैशाख २० ।
गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।
मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपति भण्डारीले आजै गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गर्नुभएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।






