२१ मुलुकमा तीन सय ८२ जना नेपालीको कोरोनाका कारण निधन

काठमाडौं,
वैशाख २० ।

यो साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनिथप एक जनाको संक्रमणका कारणज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझ सम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१मुलुकमा रहेका ३सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत रहेका २०हजार भन्दा बढीनेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थपकोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४ दशमलव ५ प्रतिशत अर्थात २ लाख ८३ ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतवार सांझसम्म ३हजार ३ सय २५ जनाको निधन भएको छ ।

अध्यक्ष पन्तलाई कोरोना संक्रमण

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । संघको सक्रियतामा निर्माण भएकोगोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहनुभएको पन्तलाई आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस ९कोभिड–१९० को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो । पन्तलाई कोरोना संक्रमण पछि अक्सिजन कमिर ज्वरो बढेको थियो । उहाँ अहिले होमआईसोलेसनमा हुनुहुन्छ ।

सुझाव

नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्याधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले जनाएको छ । ज्वरो आउने, खोकी लाग्ने, शरीरदुख्ने, स्वाद रगन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखा परेमा तत्काल पीसीआर परिक्षण गर्नसमितिले सुझाएको छ ।

नयाँ भेरियन्टको कोरोना भएमापरिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनैलक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ । यस्तै मधुमेह रउच्च रक्तचाप भएकामानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुनुसकने भएकोले उनीहरुले आफ्नो स्वास्थ्य र औषधी सेवनमा विशेष ध्यान दिनुपर्छ । पोषणयक्त खानेकुरा खाने, शारीरिक व्यायाम समेतगर्नुपर्छ । संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटरराख्ने र बेलाबेलामा अक्सिजन नाप्नुपर्छ । अक्सिजन लेभलकम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनिसमितिले सुझाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार