थप सात हजार २११ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

काठमाडौं,
वैशाख १९ ।

आइतबार सात हजार बढी संक्रमित भेटिएका छन् । १६ हजार ७७० जनाको परीक्षण गर्दा सात हजार २११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्मकै नेपालमा एकै दिन भेटिएका संक्रमितमा उच्च संख्या हो ।

१६ हजार १४७ जनाको पिसिआर गर्दा सात हजार १३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो । कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो समय थप एक हजार ६१२ जना संक्रमण मुक्त भएका छन् ।

आइतबार संक्रमण पुष्टि भएका कुल संक्रमितमध्ये तीन हजार ५९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आइतबार इलाममा आठ, उदयपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा दुई, झापामा ८५, ताप्लेजुङमा दुई, तेह्रथुममा एक, धनकुटामा दुई, पाँचथरमा एक, भोजपुरमा दुई, मोरङमा २४९, संखुवासभामा एक, सुनसरीमा ७४, सोलुखुम्बुमा एक, धनुषामा २२८, पर्सा ११२, बारामा ४४, महोत्तरीमा १०७, रौतहटमा ३६, सप्तरीमा २७ र सिरहामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकमा २३, चितवनमा ७७, दोलखामा आठ, धादिङमा १२०, नुवाकोटमा ४६, मकवानपुरमा १६९, रसुवामा चार, रामेछापमा १३, सिन्धुपाल्चोकमा ३३, सिन्धुलीमा ३२, कास्कीमा ६९, गोरखामा १६, तनहुँमा १४, नवलपरासी पूर्वमा १९, पर्वतमा सात, म्याग्दीमा सात, लमजुङमा आठ, बागलुङमा ६ र स्याङजामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै अर्घाखाँचीमा ३७, कपिलवस्तुमा ४१, गुल्मीमा ११, दाङमा १३३, नवलपरासीमा ८०, पाल्पामा ११, प्युठानमा तीन, बर्दियामा ५१, बाँकेमा ४०६, रुकुम पूर्वमा पाँच, रुपन्देहीमा ४६६, रोल्पामा पाँच, कालिकोटमा सात, जुम्लामा १०, डोल्पामा एक, दैलेखमा २५, मुगुमा दुई, रुकुम पश्चिममा एक, सल्यानमा पाँच, सुर्खेतमा १७४, अछाममा आठ, कञ्चनपुरमा २४, कैलालीमा २३२, डडेल्धुरामा २८, डोटीमा १९, दार्चुलामा एक, बझाङमा एक र बैतडीमा ३८ जनामा कोरोना संक्रमण भेटिएको छ ।

देशभर ६०८ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । देशभर रहेका ४८ हजार ७११ सक्रिय संक्रमित मध्ये ६०८ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका हुन् । मन्त्रालयका अनुसार ४७७ जना आइसियु र १३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो समय देशभर थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या तीन हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार