कलाकर्मी तथा सञ्चारकर्मीसँग डिथ्रीको तेस्रो वार्षिकोत्सब सम्पन्न

ईटहरी,
वैशाख १४ ।

प्रदेश १ मा रहेर कला र मनोरञ्जन बिटमा सञ्चालित ‘डिथ्री अनलाइन’ले बैशाख १३ गते आफ्नो तेस्रो वार्षिकोत्सब मनाएको छ । ईटहरीमा प्रधान कार्यालय स्थापना गरेर विगत तीन वर्षदेखि निरन्तर केन्द्रको मात्र नभएर मोफसलको मनोरञ्जन खबरलाई अनलाइन न्युज पोर्टलका माध्यमबाट डिथ्री अनलाइनले सम्प्रेषण गरिरहेको छ । तेस्रो वार्षिकोत्सब कार्यक्रमको तयारी नेपालका चर्चित अभिनेतासँगै प्रदेश १ का कलाकर्मिहरुको साथमा गर्न लागिएको भएपनी कोरोनाको भाइरसको बढ्दो त्रासका कारण तयारी सम्पन्न भएको कार्यक्रम रोक्नुपरेको अनलाइनका सञ्चालक तथा प्रस्तोता सुवास संकल्प ‘खेमराज श्रेष्ठ’ले बताए ।

गतवर्ष पनि वार्षिकोत्सब कार्यक्रम कोरोनाको कारण रोकिएको थियो । यसपटक भने अनलाइनको स्टुडियोमै प्रदेश १ का सिनेकर्मी तथा सञ्चारकर्मीको सिमित उपस्थितिमा वार्षिकोत्सब केक काटेर मनाईएको हो । कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष, निर्देशक तथा व्ह्वाईट हाउस होटल म्यानेजमेन्टका सञ्चालक अरुण प्रधान, चलचित्र पत्रकार संघ नेपाल, प्रदेश १ शाखाका अध्यक्ष नरेन्द्र बस्नेत, एन्जल टेलर्सका सञ्चालक तथा गीतकार÷सङ्गीतकार भाईसन बर्देवाको उपस्थिति रहेको थियो ।

यस्तै, कार्यक्रममा कोशी भिजनका सञ्चालक तथा निर्माता निर्देशक लाखमान योन्जन, चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाका अध्यक्ष बिनोद विश्वकर्मा, उपाध्यक्ष मनोज दाहाल र सदस्य नरेन कुलुङ, अभिनेता माधव केसी, सिजि ग्रुपका प्रदेश १ सहायक बजार प्रमुख रबिन्द्र मास्के, क्यापिटल ग्रुपका उप महाप्रबन्धक उज्वल प्याकुरेल, मार्टिना मेकअप स्टुडियो ईटहरीका सञ्चालिका उर्बि श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरूले वार्षिकोत्सब तथा अनलाइनका सञ्चालक संकल्पको जन्मदिन पनि परेको उपलक्ष्यमा सुभकामना दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार