काठमाडौं,
वैशाख ११ ।
पातै फरर गीति संग्रह र एल्वम विमोचन भएको छ । शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच युथ क्रियशनको आयोजनामा गीति संग्रह पातै फरर र गीतको भिडियो सार्वजनिक गरिएको हो ।
वरिष्ठ लेखक तथा गीतकार अमर वान्तुको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गायक तथा संगीतकार कन्यैया सिंह, कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक सुमन दाहाल, व्यवसायी रामजी अवाल, युथ क्रियशनका अध्यक्ष रमेश थापालगायतले विमोचन गर्नुभएको थियो ।
स्रष्टा माधव केसीको गीति स्रंगह पातै फररका बारेमा अथितिहरूले शुभकामना मन्तव्य राख्दै उहाँका गीत धेरै राम्रा भएको प्रतिक्रिया दिनुभएको थियो ।
गीतकार माधव केसीले सङ्कलन गरेका गीत ‘पातै फरर’ गीति सङ्ग्रह उहाँले विसं. २०४० देखि अहिलेसम्म सङ्कलन गरेका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश छन् ।
कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तुले गीत तथा साहित्यको क्षेत्रले मुलुकको संस्कृतिको संरक्षण गरी सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउनुभयो । सङ्गीतकारद्वय सन्तोष श्रेष्ठ र कन्हैया सिंहले विभिन्न जाति तथा समुदायले सजिएको समाजमा लोक संस्कृतिले एकताबद्ध गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुयभयो ।
गीतकार केसीले विसं २०४० मा आफूले रचना गरेका दुई गीत लोक गायक हरिबहादुर राउतले स्वराङ्कन गरी रेडियो नेपालमा रेकर्ड गराएको जानकारी दिँदै तत्कालीन समयमा रेकर्ड गरिएका ती गीत अहिले पनि लोकप्रिय रहेको बताउनुभयो ।
सो अवसरमा स्रष्टा माधव केसी र रामजी अवाललाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।
पातै फरर गीतमा अशोक वराल र सोनिका केसीको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन रहेको गीतको भिडियोलाई हेम प्रभावसले निर्देशन गर्नुभएको छ ।
समिर थोकरको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ भने अञ्जु सुनार, हेमा श्रेष्ठ, समिर थोकर र उज्जल धामीको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=Y8eeaspHVDc






