कोरोना संक्रमण र हाम्रो सचेतता

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
वैशाख ५ ।

यतिबेला कोरोनाको दोस्रो लहर सुरु भएको छ । यसले फेरि सबैजसो क्षेत्रलाई त्रास बनाएको छ । बिगत बर्षमा पनि हामी त्रासमा बाँच्न बाध्य भयौं । कोरोनासँग खेलवाड कसैले गर्नु हुँदैन । योसँग जोगिन सचेत र सर्तकता अपनाउनुपर्छ । अनाबश्यक घर वाहिर ननिस्कि भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुँदैन । हामी सवैले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्छ । त्यसो भयो भने मात्र कोरोनाबाट बँच्न सकिन्छ । कोरोना संक्रमण फैलियो भने यसको असर सवै क्षेत्रमा पर्ने छ । आज फेरि सबैलाई आफ्नो पेशा व्यवसाय चौपट पर्ने होकी भन्ने चिन्ता थपिएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । नेपाल सरकारको यो आग्रहलाई सवैले पालना गरौं । हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुर्‍याउनु पर्छ । सरकारको एकल प्रयासले केही हुँदैन । कोरोनासंग लडन सवै नागरिक एक जुट हुनुपर्छ ।

यो पार्टी र उ पार्टी भनेर पन्छिनु हुँदैन । राष्टिय सङ्कट आइपर्दा सवै एक ढिका भएर जानुपर्छ । कोरोनासँग जोगिन भिडभाड बाट टाढै रहौं । धेरै मानिसको जमघट हुने तथा भाइरसको संक्रमण सजिलै फैलने ठाउँहरू तत्काल बन्द गर्ने कुरा पनि आएको छ । त्यसैगरी बढी प्रभावित क्षेत्रमा केही समयका लागि शैक्षिक संस्था बन्द गर्नुपर्ने कुरा नेपाल सरकारको छ । तर, अर्कोतर्फ शैक्षिक संस्था सञ्चालकहरूको कोरोनाको कारण देखाउँदै बन्द मात्र गरेर समस्या समाधान नहुने भनाई पनि आएको छ । सावधानी अपनाएर पढाइ सुचारु गर्नुपर्ने तर्क सरोकारवालाले गरिरहेका छन् । यतिबेला शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क भएका छन् । तर, पढाइका वैकल्पिक बाटो देखाउन भने कसैले सकेका छैनन् ।

अबको ध्यान यतातर्फ केन्द्रित हुनुपर्छ । कोरोनासँग आफैँ सुरक्षित हुने र दैनिकीलाई फरक ढङ्गबाट सञ्चालन गर्नेतर्फ सवैले ध्यान दिनु पर्ने आबश्यकता पनि देखिएको छ । विश्वमा कोरोनाको असर नपरेको कुनै पनि मुलुक छैन । कोरोनाले सवैको जनजीवन अस्तव्यस्त बनाएको छ । अर्बौंको धनमालको क्षति भइसकेको छ । अब हरेकले फरक ढङ्गबाट सोच्नुपर्छ र कोरोनासँगै जुधेर बाँच्नसक्ने विकल्पको खोजी गर्नु पर्छ । कोरोना संक्रमण रोक्न बढी भिडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था, उद्योग कलकारखाना, होटल, व्यापारिक मललगायतका धेरै मानिसको जमघट हुने ठाउँ बन्द गर्नु अथवा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्नु उपयुक्त देखिन्छ ।

अर्कोतिर यी क्षेत्रहरू बन्द हुदा अर्थतन्त्र चौपट हुने खतरा पनि देखिएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान गराउनु पर्ने पनि हुन्छ । तसर्थ तत्कालका लागि शैक्षिक संस्था सञ्चालनको वैकल्पिक उपाय खोजीए पनि अन्य क्षेत्रमा विकल्प खोज्नुपर्ने बेला आएको छ । गतवर्ष पनि कोरोनाकै कारण लकडाउन भएपछि लामो समयसम्म स्कुल तथा कलेज बन्द रहेका थिए । केही शैक्षिक संस्थाहरूले लकडाउन हुनेबित्तिकै अनलाइन वा अन्य माध्यमबाट पढाइ सुचारु गरेका थिए भने केही विद्यालय लकडाउनको कारणले मर्कामा परेका थिए । यसको असर अहिले पनि परिरहेको छ । अव फेरि कोरोना संक्रमण बढ्दै जाने अवस्था देखियो भने पुनः लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्छ । कोरोनालाई कुनै क्षेत्रले पनि खेलवाड गरेर आफू खुशी अथवा सरकारको निणर्यलाई बेवास्ता गर्ने काम नगरौं ।

यसमा तपाइको मत

अन्य समाचार