काठमाडौं,
चैत ३१ ।
ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७७ सम्पन्न भएको छ । बक्स अफिस फिल्म क्लब नेपालले विगत वर्ष झै यो बर्ष पनि पुरानो बर्षको बिदाइसँगै नयाँ बर्षको स्वागत गर्दै आफ्नो नियमित कार्यक्रम आयोजना बल्क बस्टर नेपाली फिल्म अवार्ड सम्पन्न गरेको हो । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस बर्षको बल्क बस्टर नेपाल फिल्म अवार्ड आयोजनामा प्रदर्शन भएका ७३ वटा चलचित्रबाट १० चलचित्र छनोट हुन सफल भएका थिए ।
यो बर्षको बल्क बस्टर नेपाली फिल्म अवार्ड आयोजनामा चलचित्र छ माया छपकैले सम्पूर्ण चलचित्रको कारोबार लाई ब्रेक गर्दै सर्वाधिक १२ करोड ७५ लाख आम्दानीगरी बल्क बस्टर अवार्डको उपाधी कब्जा गरेको छ । त्यस्तै बर्षको सुपरहिट चलचित्रमा कबडी कबडी कबडी, जात्रै जात्रा र ए मेरो हजुर ३ चलचित्रले बर्ष सफल चलचित्रको उपाधि रक्षा गरेका छन् ।
त्यसैगरी बर्ष समिक्षामा उत्कृष्ट कारोबारमा चलचित्रहरूमा पुनम गौतमको चलचित्र मारुनी, मिलन चाम्सको निर्माण निर्देशमा बनेको वीरबिक्रम २, किरण केसीको दालभात तरकारी र किरण नेपालीको चलचित्र पोई पर्यो कालेले बजारमा आशावादी कारोबार गरेर उत्कृष्ट १० मा आफूलाई अबल र सबल कारोबार गर्ने २०७६ को बलियो चलचित्रको रूपमा साबित गर्न सफल भएका छ्न् ।
त्यस्तै बर्ष समिक्षा अवार्ड आयोजनामा गोविन्द शाही चलचित्र ए मेरो हजुर ३ बाट आफूलाइ अबल बितरकमा पुन यो बर्ष पनि पर्न सफल भएका छन् । बल्कबस्टर बर्ष अभिनेत्रीमा सुरक्षा पन्तले चलचित्र आमा बाट आफूलाई उत्कृष्ट नायिका साबित गरेकी छिन ।
बल्क बस्टर अभिनेतामा केदार घिमिरे चलचित्र छ माया छपकैबाट सर्वाधिक लोकप्रिय अभिनेताको रुपमा बल्क बस्टर अवार्डको उपाधि चुमेका छ्न् ।
त्यस्तै बल्कबस्टर निर्देशकमा दिपेन्द्र के खनाल चलचित्र आमाबाट बर्षकै उत्कृष्ट निर्देशक साबित भएका छ्न् । बल्क बस्टर चलचित्र निर्माणमा दिपकराज गिरी र दिपाश्री निरौलालाले आफूलाइ यो बर्ष पनि बल्क बस्टर निर्माताको रुपमा अबल सावित गरेका छ्न् ।
नेपाली चलचित्रका सकारात्मक सोच भएका चलचित्रकर्मिको बाक्लो उपस्तिथिमा प्रमुख अतिथि नगर प्रमुख सन्तोष चालिसे, विशिष्ट अथिती समाजसेवी राजनीतिज्ञ बिमल ठकुरी, बरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, बरिष्ठ अभिनेता कृष्ण मल्ल, बरिष्ठ गायिका देबिका बन्दना, बरिष्ठ बितरक सुनिल मानन्धर, गोपालकाजी कायस्थ, गोबिन्द शाही, लोकप्रिय नायिका रेजिना उप्रेती र अवार्ड अध्यक्ष आर के सुबेदीले संयुक्त रुपमा अवार्ड, टर्फी र चेकसहित हर्षउल्लासको साथ सम्मान गरेका थिए ।
त्यसैगरी आयोजक बक्स अफिस फिल्मी कल्ब नेपालले हरेक बर्ष पाँच जनालाई २५ बर्ष अगाडिदेखि अविरल रुपमा यसै क्षेत्रमा निरन्तरता दिदै आउनुभएका अग्रज सष्टाहरूलाई रजत जयन्ती सम्मान गर्दै आएकोमा यो बर्ष पनि निरन्तरता दिएको छ । २०७७ संस्करणमा बरिष्ठ कलाकार मिथिला शर्मा, बरिस्ठ चलचित्र प्राबिधिक सन्तु तामाङ, ज्ञानु राणा बरिष्ठ गायिका, शम्भुजित बास्कोटा बरिष्ठ सङ्गीतकार, गायक र कृष्ण मल्ल बरिष्ठ अभिनेताबाट बक्स अफिस रजत जयन्ती सम्मानबाट सम्मानित हुनुभएको छ ।
त्यस्तै हरेक बर्ष तीन जनालाई प्रदान गर्दै आएको बल्क बस्टर अग्रज सुवेदी पत्रकारिता सम्मान पुरस्कार २०७७ बाट बर्ष बरिष्ठ पत्रकार युवराज बिद्रोही, पूर्व सभापति नेपाल पत्रकार महासंघ काठमाडौ शाखा तथा नेपाल पत्रकार मञ्चका बर्तमान अध्यक्षलाई निरन्तरता पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
बर्ष सकृय पत्रकारिता पुरस्कार प्रदानमा ऋषि धमला अध्यक्ष रिपोटर्स कल्ब नेपाललाई प्रदान गरिएको छ । अग्रज पत्रकारिता पुरस्कारमा बरिष्ठ पत्रकार मदन श्रेष्ठ मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादकलाई जनही ११ हजार एक सय ११ रकमको चेकसहित सम्मान गरिएको थियो । कोरोना महामारी महासङ्कटमा पनि निकै राती अबेरसम्म नर्लिङ रिसोर्ट काठमाडौमा आयोजित अवार्ड कार्यक्रममा निर्माता शर्मिला पाण्डेलाई देशको कठिन र जटिल अवस्थामा पनि कति पनि बिचलित नभई समसामूहिक सन्देश मूलक चलचित्र निर्माण गरेबापत बर्ष क्रियासिल चलचित्र निर्माताको सम्मानबाट सम्मान गरिएको थियो ।
बल्क बस्टर अवार्डको सन्दर्भमा हालै सरकारले जारी गरेको ९ बजे पछिको बन्दलाई मध्यनजर गर्दै निर्देशनलाई पूर्ण सम्मान गर्दै बरिष्ठ गायिका देबिका बन्दना, पत्रकार सीतादेबी श्रेष्ठ, बरिष्ठ निर्देशक मदन घिमिरे, बरिष्ठ गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, बरिष्ठ चलचित्र बितरक सुनिल मानन्धर, गोपालकाजी कायस्थ, माधव वाग्ल्ले, गोबिन्द शाही, लेखक निर्माता प्रदीप भारद्ववाज, नायिका रेजिना उप्रेती, बरिष्ठ कलाकार उत्तम केसी, जयकृष्ण बस्नेत, पुराना कलाकार गोबिन्द काफ्ले, लेखक निर्माता मौनता श्रेष्ठ, कलाकार मुकुन्द थापा, सञ्जय खतिवडा, द्वन्द्व निर्देशक, अष्ट महर्जन, बरिष्ठ नेवारी कलाकार तथा निर्माता स्वतन्त्र महर्जन, सम्पादक साहिल खान, निर्देशक प्रमोद भण्डारी, निर्माता रोशनी केसी, निर्देशक सौरभ चौधरी, गायिका स्मिता दाहाल, चर्चित डान्सर रिया श्रेष्ठलगायत विभिन्न निर्माता, गायक, गायिका, नायक नायिका, लेखक साहित्यकार, पत्रकार, उद्यमी, व्यापारी तथा सामाजिक अभियान्तागरी कुल १२० जना सकारात्मक सोचका धनीहरुद्वारा संस्थाको आजिवन सदस्यताको सम्मान उत्साहजनक ग्रहण गर्नुभएको थियो ।
अवार्डलाई सुन्दर बनाउन होचा पुड्कालगायत बरिष्ठ कलाकारदेखि वरिष्ठ कलाकारको साङ्गीतिक कार्यक्रम प्रस्तुति निकै आकर्षक भएको थियो । कार्यक्रमलाइ भब्य सफल पार्नुहुने पुराना कलाकार हरि चन्द्र फुयाल, कमल खड्का, नर्लिङ रिसोर्ट, त्रिशक्ती डान्स एकेडेमीलाई आयोजक तथा कागेश्वरी नगरपालिकाका–१ अध्यक्ष मुकुन्द गजुरेल, निर्देशक मदन घिमिरे, बरिष्ठ निर्देशक तथा कलाकार शुभाष गजुरेल, गीतकार सावित्री चिलवाल लगायतलाई कदर पत्रबाट सम्मान गरिएको थियो ।






