काठमाडौं,
चैत ३१ ।
सन्तोष प्रगाढ र सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’ सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द तथा सन्तोषकै सङ्गीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/l5vfCDvppwI
डान्सिङ नम्बरको गीतको भिडियोमा पुष्प खड्का, मोनालिशा खतिवडा, प्रशंसा ढुंगेल, समीर तामाङ, महादेव त्रिपाठी, रेशम फिरिरि, शमशेरबहादुर राई फिचर्ड हुनुहुन्छ ।
ओयशआर डिजिटल च्यानलमार्फत सार्वजनिक भिडियोमा हरि लामा घलेको छायांकन, राहुल बराइलीको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ । रुपेश तामाङको निर्देशन रहेको भिडियोमा जीवन तामाङ र सरवन कुमार श्रेष्ठको निर्माण छ ।






