मीना महर्जनका एकसाथ सात वटा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं
चैत २९ ।

इन्द्रेणी सांस्कृतिक समाज (इसास) कीर्तिपुरको आयोजनामा गायिका मीना कुमारी महर्जनको एकल स्वर रहेको विभिन्न सात वटा गीतको भिडियो सार्वजनिक गरिएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मीनाका सात भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक समारोहमा प्रमुख अतिथी महर्जनले गायिकामहर्जन लगायत किर्तिपुर का कलाकारहरूको अभिलेख तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कीर्तिपुरको कृष्ण क्याटरिङमा भएको सो कार्यक्रमका आयोजक इन्द्रेणी सांस्कृतिक समाज (इसास) का अध्यक्ष वीरप्रसाद भंसालीको सभापतित्वमा सम्पन्न भएको थियो । वरिष्ठ सङ्गीतज्ञ अमरराज शर्मा राजोपाध्याय र साहित्यकार एवम् सञ्चारकर्मी मीना बज्राचार्यले सार्वजनिक भएका म्युजिक भिडियो हरूको समीक्षा गर्नुभएको थियो भने यसरी नेपालभाषाया म्युजिक भिडियो क्षेत्रमा एउटा समीक्षकले समीक्षा गरेको पहिलो घटना भएको कुरा सिने पत्रकार विजयरत्न असंबरेले बताउनुभयो ।

कार्यक्रममा प्राडा चन्द्रमान बज्राचार्य र नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न असंबरेले पनि मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको ञञ्चालन मेलोडी क्विन भनेर चिनिनु हुने गायिका दीपा महर्जनले गर्नुभएको थियो ।

कार्यक्रममा सार्वजनिक गरिएका गीतहरूमा शम्भुराम महर्जन, प्राडा चन्द्रमान बज्राचार्य, लोककवि राजभाइ जकःमि, जनकवि दुर्गालाल श्रेष्ठ, चन्देश्वर महर्जन लगायतको रचना रहेको छ भने सङ्गीतकारहरूमा गुजे मालाकार, सन्तोष महर्जन, तिर्थ मालिलगायत हुनुहुन्छ । म्युजिक भिडियोको निर्देशन पवन जोशी र ललेन्द्र शाक्यले गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार