सकियो ‘ए साथी सुन’ को छायाँकन

हेटौडा,
चैत १९ ।

चलचित्र ‘ए साथी सुन’को छायाँकन समापन भएको छ । राघव आचार्यको निर्देशनमा बनिरहेको उक्त चलचित्रको छायांकन (गीत बाहेक) बुधबार १६ औं दिनको दिन सकिएको हो । चलचित्र गत चैत ३ गतेदेखि हेटौंडामा छायांकन प्रारम्भ भएको थियो ।

इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बीना कार्कीले निर्माण गर्ने उक्त चलचित्रमा वर्षा सिवाकोटी र रमेश बानियाँ मुख्य भूमिकामा छन् । यस्तै चलचित्रमा जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहलगायतका कलाकारको अभिनय छ । निर्देशक आचार्यले यही चलचित्रमार्फत निर्देशनमा डेब्यू गरेका हुन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायांकन मानकृष्ण महर्जनले गरेका हुन् भने चलचित्रमा किरण भुजेल र अन्जु पन्तको पार्श्व गायन छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ । श्याम बरालको मेकअप रहेको चलचित्रको छायाँकन हेटौंडा तथा वीरगञ्जमा गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार