बन्दि सुत्केरीलाई पुतली बाकस

काठमाडौं,
चैत १३ ।

प्रारम्भिक बालबिकास केन्द्र ‘इसिडिसि’ले नेपालभरीका कारागारहरूमा रहेका महिला बन्दिहरूको लागि बितरण गर्दै आइरहेको सुत्केरी सामाग्री काठमाडौको महिला कारागारमा १३ जना सुत्केरी महिला बन्दिहरूलाई कारागार प्रमुख लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा संस्थाको तर्फबाट सुधा कार्कीले बितरण गर्नुभएको छ ।

पुतली बाकस नाम दिइएको उक्त बाकसमा सुत्केरी महिला तथा नवजात शिशुको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरू उपलब्ध गराईन्छ । यस सुत्केरी सामाग्री, पुतली बाकसलाई प्रारम्भिक बालबिकास केन्द्रले २०१७ देखि सञ्चालनमा ल्याएको हो ।

पुतली बाकस कारागारमा कैद भुक्तान गरिरहेका महिला बन्दि र बच्चाहरूलाई प्रदान गर्दै आइरहेको छ । यस संस्थाले काठमाडौ कारागारभित्र आमाको साथमा बाँचिरहेका ११ देखि १५ जना बच्चाहरूको लागि प्रत्येक महिना पौष्टिक आहार खानासमेत प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार