काठमाडौ,
चैत ११ ।
चलचित्र ‘गुड फ्रेण्ड’ यही चैत २० गतेदेखि देशभरका सिनेमा घरमा आउने भएको छ । कोरोना कहरका कारण झण्डै एक वर्षपछि सिनेमा घरहरूमा नयाँ चलचित्र प्रदर्शन हुन थालेको छ । यसैक्रममा चलचित्र ‘गुड फ्रेण्ड’ प्रदर्शन हुने भएको हो ।
समसामयिक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र ‘गुड फ्रेण्ड’मा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहनुभएको छ । बिजि बर्मा फिल्मस् प्रा.लि.को लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको चलचित्र ‘गुड फ्रेण्ड’ मा मुकेश ढकाल, सविना कार्की, एलबि कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंहलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
प्रदीप खड्काको द्वन्द्व, ध्रुब बिश्कोको संगीत, अजय स्याङतान र राजन महर्जनकोे नृत्य रहेको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गर्नुभएको हो भने केशब अधिकारी, सरोज महर्जनको छायाँकन रहेको छ ।






