काठमाडौं,
चैत १० ।
धन किरण गुरुङको स्वरमा रहेको गीत ‘वर्षौ बित्यो’ सार्वजनिक भएको छ । गुरुङकै शब्द र सङ्गीत तथा सुरत प्रधानको एरेञ्ज र मित्र लामाको रेकडिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देउ कृष्ण देवान लिंखा याक्खाले निर्देशन गरेको गीतको भिडियोमा नरेन खड्का र आएला चापागाईलाई फिचरिङ गरिएको छ भने बाल कलाकारमा प्रनिसा राई र समिरा देवानलाई देख्न सकिन्छ ।
कुमार समर्पण राईको छायाँकन रहेको भिडियोमा निर्देशन कोईरालाको सम्पादन छ भने अल्का गुरूङले निर्माण गरेकी हुन । भिडियोलाई डि जी प्रोडक्सन यू के यूट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






