काठमाडौं,
चैत ७ ।
हामीकहाँ होली पर्वको आफ्नै मौलिकता छ । होली अर्थात फागुलाई रङ्गहरूको पर्वका रुपमा लिइन्छ । जहाँ सबै रमाउने गर्छन् । होलीसँग जोडिएको अर्को पक्ष हो गीत सङ्गीत । हरेक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।
यसै सन्दर्भमा होली गीत सार्वजनिक भएको छ । दीपक रमणको शब्द, सङ्गीत र स्वर रहेको ‘फागुने होली खेलौ दिल खोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
सोम लामा, सन्ध्या श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोमा केशव अधिकारीको छायाँकन छ । नृत्य केपि पौडेलको रहेको गीतमा दीपक रमणलाई स्वरमा शान्ति थापाले साथ दिनुभएको छ ।






