‘डायनकी छोरी’ लोकार्पण

काठमाडौं,
फागुन २९ ।

उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित कथासङ्ग्रह ‘डायनकी छोरी’को लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले राजाधानीमा आयोजित एक कार्यक्रममा उक्त कथासङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
लेखक पौड्यालले नेपाली परिवेश, मौलिक भाषालाई कथामा उतारेको बताउनुभएको छ । उहाँले फरक फरक विषयका २१ वटा कथा फरक परिवेशमा आधार रहेर लेखेको बताउनुभयो ।

लोकार्पण कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, पूर्व प्रशासक नरेन्द्रराज पौड्याल, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष शान्तराम बिडारी, प्रेस युनियन केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौड्याल, फोरम फर हेल्थ एण्ड टेक्निकलका महासचिव सुनिल कुमार चालिसे, नागरिक समाज जीवनलाल शर्मा, पौड्याल वंश महासंघका उपाध्यक्ष दीपकप्रसाद पौड्याल र पूर्व सांसद बद्रीप्रसाद खतिवडा, घोष्ट राइटिंग नेपालका अध्यक्ष कमल ढकालले किताब माथि चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले लेखकलाई कथासङ्ग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए । सिमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथासङ्ग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार