काठमाडौं,
फागुन २५ ।
पशुपति क्षेत्र विकास कोषले यस बर्षको महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । कोषले फागुन २७ गते शिवरात्रि पर्वमा स्वास्थ्यको मापदण्डलाई पालना गर्दै सकेसम्म भौतिक दुरी कायम गरी दर्शनार्थीहरुलाई पशुपतिनाथको दर्शन गराउने तयारी पूरा गरेको हो।
दर्शनार्थीहरूलाई स्वास्थ्यको मापदण्डलाई पालना गर्दै स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन कोषले विभिन्न ११ ओटा उपसमितिहरूको गठन गरी कार्य विभाजन गरेको छ।
जस अन्र्तगत सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन ९नेपाल स्काउट समेतका गरी करिब चार हजारको०,स्वास्थ्यसेवा शिविर, वातावरण तथा सरसफाई, जुत्ताचप्पल, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, साधुसन्त सेवा, दर्शन मार्ग, पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन, धार्मिक कार्यक्रम र सजावट उपसमितिहरू रहेका छन्।
कोरोना भाइरस संक्रमणको खतरा कायमै रहेको अवस्थामा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालन गरेर सम्भव भएसम्म भौतिक दुरी कायम गर्दै, स्यानिटाइजर र मास्कको प्रयोगलाई अनिवार्य गरी दर्शनको व्यवस्था मिलाईएको कोषले जनाएको छ ।






