काठमाडौं,
फागुन २३ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले अदालतको निर्णय कार्यान्वयन गर्दै छुट्टा–छुट्टै गतिविधि गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाको कार्यान्वनयका लागि भए पनि आफूहरूले साविकको अवस्थामा फर्किनुपर्ने बताउनुभयो । ‘सर्वोच्चको आदेशअनुसार हामीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै अवस्थामा पुगेको छौं ।’
सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्यूँताइदिएपछि प्रचण्ड–माधव समूहले यस्तो निर्णय गरेको हो ।
अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । अदालतले प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको थियो ।






