शितललाई बेष्ट अवार्ड

काठमाडौ,
फागुन २४ ।

मोडल सङ्ग्स नेपालको आयोजनामा नेपाली ‘कला, संस्कृति, स्रष्टा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ मोडल सङ्ग्स अवार्ड २०२० पूर्व सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा शनिबार राजधानीमा सम्पन्न भएको छ । यस दोस्रो मोडल सङ्ग्स २०२० बाट नेपाली नायक शितल केसी सम्मानित हुनुभएको छ ।

उहाँले नेपाली चलचित्र ‘बीर बहादुर दंगपर्छ’बाट बेष्ट एक्टरको अवार्ड पाउनु भएको हो । कार्यक्रममा बिभिन्न अन्य बिद्यामा कलाकर्मीहरू सम्मानित हुनुभएको थियो । मोडल सङ्ग्स नेपालले आयोजना गरेको कार्यक्रमका संयोजक डेभिल सिंह राजपुत हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार