‘शितल दिने कर्के नजर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन २१ ।

सबिता ढुंगानाको स्वरमा रहेको गीत ‘शितल दिने कर्के नजर’ सार्वजनिक भएको छ । सबिताकै लोकलय तथा शब्द रहेको लोकदोहोरी गीत ‘शितल दिने कर्के नजर’को भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=Q_z3mtEECZU

स्वर मा रामेश्वोर भण्डारी र राज तिमिल्सिना ले साथ दिनुभएको छ सबितालाई । गीतको निर्माण मिलन फिल्म्सले गरेको हो । मिलन श्रेष्ठको निर्देशन, मुकेश हुमागाईको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गर्नुभएको छ ।

भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय छ । गीतको भिडियो डीएआर मुभिज एण्ड फिल्म्स इ प्रा लिको आधिकारिक च्यानलमार्फत डिजिटल बजारमा आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार