ऐजुकेसन एण्ड माइग्रेसन कर्नरलाई सुन्दरीहरूको साथ

काठमाडौं,
फागुन १९ ।

अभिनेत्री उपासना सिंह ठकुरीले ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको नयाँ शाखाको उद्घाटन गर्नुभएको छ । ठकुरी यो एजुकेसनको ब्राण्ड ऐम्बेस्टर हुनुहुन्छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको नयाँ शाखाको उपासनासहित मिस सुप्रा नेशनल २०२० र मिस ग्राण्ड नेपाल २०२० निशा पाठकले उद्घाटन गर्नुभएको हो ।

उद्घघाटन कार्यक्रममा उपासना सिंह ठकुरीले लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिन पाएकोमा प्रशन्नता ब्यक्त गर्नुभयो ‘यो सस्थाको बिगतको कार्य नयाँ सोच सही लागेर मैले ब्राण्ड एम्बेष्डरको रूपमा काम गर्ने सहमति जनाएको हुँ’ उपासनाले भन्नुभयो भने यो सस्थाका प्रमुख सुनील उप्रेतीले पछिल्लो समय यूबा दर्शकहरू माँझ राम्रो क्रेज बनाउन सफल उपासना सिंह ठकुरीलाई ब्राण्ड ऐम्बेष्डरको रूपमा छनौट गर्न पाएकोमा खुशी लागेको कुरा बताउनुभयो ।

कार्यक्रममा मिस ग्राण्ड नेपाल २०१९ निशा पाठक, मिस सुप्रा नेशनल २०२० सिमल कनौजिया र मिस पर्पोज २०१९ बिजेता निकिता कर्माचार्यले सस्थाको सफलताको बारेमा शुभकामना ब्यक्त गर्नुभएको थियो ‘बिद्यर्थीहरूको सन्तुष्टी नै आफ्नो सस्थाको लक्ष्य भएको कुरा बताउँदै नबराज प्रसाई, नितेश उप्रेती र इश्वरराज मैनालीले आगामी दिनमा ऐजुकेसन एण्ड माइग्रेसन कर्नर झन बृहत र बिस्तारित रूपमा अगाडि बढ्ने कुरातर्फ जोड दिनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार