काठमाडौं,
फागुन १९ ।
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकरात्मक बनेको वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मंगलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो ।






