नातीकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुुरस्कार वितरण

काठमाडौं,
फागुन १७ ।

सङ्गीत महर्षी स्व. नातिकाजी श्रेष्ठको ९४ औं स्मृती दिवसको अवसरमा नातीकाजी स्मृती समाजले सोमवार राष्ट्रपति कार्यलय शितल निवासमा नातीकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुुरस्कार वितरण समारोह २०७६ आयोजना गरी विभिन्न सङ्गीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । सो अवसरमा नेपाल समााचारपत्रका समाचार सम्पादक तथा कामना मासिकका सम्पादक विदुर गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय कला पत्रकारीता पुरस्कार २०७६ बाट पुरस्कृत गर्नुभएको छ । उहाँसँगै रङ्गपत्रकार स्याम स्मृत पनि यही पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

समारोहमा नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७६ बाट गीतकारहरू बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणी देवकोटा, सङ्गीतकारहरु राजु सिह, सुनिल मास्के, मदन सिह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित हुनुभएको छ । त्यसैगरी नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७६ बाट गायक गायिकाहरू सुगम पोखरेल चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे पुरस्कृत हुनुभएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सङ्गीतकार वसन्त सापकोटा, गायक सुरज कुमार थापा, गीतकार हर्क साउद र गायीका मेलीना राई पुरस्कृत हुनुभएको छ ।

नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार २०७६ बाट वाद्यवादक जीवीत जल्मी, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७६ बाट शास्त्रीय सङ्गीतकार विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार २०७६ बाट लोक गायक बद्री पंगेनी, राष्ट्रिय सम्मान २०७६ बाट समाजसेवी नवराज केसी सम्मानित हुनुभएको छ भने बालगायिका जारा रीत प्रसाइलाई प्रशंसापत्र प्रदान गरिएको छ । सङ्गीतकर्मी र पत्रकारहरूलाई राष्ट्रपती विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर पुरस्कृत गर्नुभएको थियो ।

समारोहमा विभिन्न गायक गायिकाले नातिकाजीद्वारा सङ्गीतवद्व गीत गाएर सुनाउनुभएको थियो । सो अवसरमा गायक सुगम पोखरेलले ‘नेपाली हामी रहाँैला कहा नेपालै नरहे’, जारारित प्रसार्ईले ‘शुभकामनाभरी’, सुरज थापाले ‘नजाउ छोडी यो देश’, गायिका प्राश्ना शाक्यले ‘काली पारी दाई कति राम्रो’ र मेलिना राईले ‘फुलको थुंगा’ बोलको गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

समारोहमा बोल्दै राष्ट्रपती विद्यादेवी भण्डारीले सम्मानित तथा पुरस्कृतहरूलाई बधाई ज्ञापन गर्दै नेपाली सङ्गीत आकाशका उज्वल नक्षत्रका रुपमा रहनुभएका भन्दै स्व. नातिकमाजी श्रेष्ठप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । ‘नातिकाजी नेपाली जनताको मनमा बस्ने मौलिक नेपाली सङ्गीतको सर्जक हुनुहुन्थ्यो । रेडीयो नेपालमा स्थापनाकालदेखी नै आवद्ध भई उहाँले नेपाली सङ्गीतको सीर्जना र गायन यात्रा आरम्भ गर्नु भएको थियो । उहाँको सयौं कालजयी गीत सङ्गीत सिर्जना गर्नुभएको थियो’ समारोहमा नातिकाजीको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो ।

समारोहमा सङ्गीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले नातिकाजीको नाममा स्थापित पुरस्कार नितान्त पारिवारीक स्रोत साथी भाई र शुभ चिन्तकको सहयोगबाट अगाडी बढिरहेको जनाउदै उहाँले यसपटकदेखि महानगरपालिकाबाट अक्षयकोष राख्ने निर्णय भएको जानकारी गराउनुभयो । बासकोटाले नातीकाजीको चावहिलस्थित घर वरीपरी उहाँ हिँड्ने गरेको मार्गलाई नातीकाजी मार्ग घोषणा गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो । उहाँले सङ्गीतकर्मी जीवनीलाई जिवनत बनाउन सङ्ग्रहालय खोल्न र यो क्षेत्रको श्रीबृद्धिका लागि सङ्गीत बोर्ड स्थापन गर्न पनि आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार