काठमाडौं,
फागुन १७ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति नदेखिएको र देशका पहाडी तथा हिमाली भू-भागको मौसममा आंशिक बदली भएको उल्लेख गरेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने सम्भावना देखिएको छ भने देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।
प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको र देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।






