काठमाडौं,
फागुन १६ ।
नायक प्रदीप बाँस्तोलाको शब्द तथा सङ्गीतमा ‘पिपल चौतरी’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रदीप आफैँ र सञ्चारकर्मीसमेत रहेकी अमृता खनालको नृत्य छ । प्रदीप र अमृता जीवनसाथ हुन् ।
पिपल चौतारी गीतमा स्वर प्रदीप बास्तोला र रचना रिमालले दिएका छन् । गम्भिर विष्टको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन नवीन निरौलाको छ । भिडियोमा शारदा गिरी (कालि बुढी)ले अतिथि कलाकारको भूमिका निभाएकी छिन् ।






